देवदह । रुपन्देहीको देवदह-९ स्थित भलहीमा सप्ताह व्यापी महायज्ञ सुरू भएको छ । बुधबार स्थानिय गौशालाबाट कलश यात्रा सहित महायज्ञ सुरू भएको यज्ञ सम्पादन मूल समितिका संयोजक रुद्र बहादुर क्षेत्रीले जानकारी दिए ।
भलुहीस्थित बाघकुमार दुर्गा मन्दिरको भौतिक विकास तथा अक्षकोष स्थापनार्थ श्रीमद्भागवत, सप्ताह ज्ञान महायज्ञ तथा श्रीङ्गारिक महा-आरती महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
संकलनको लक्ष लिईएको महायज्ञमा कथावाचक प. श्री चन्द्रकान्त काफ्लेले संगितमय श्रीमद्भावगत कथा वाचन हुने जनाईएको छ ।
प्रत्येक दिन बिहान ७ बजेबाट यज्ञमण्डप पूजा, बिहान ८ बजेबाट श्रीमद्भागवत पाठ, ११ बजे बाट ४ बजेसम्म संगितमय कथा वाचन तथा राष्ट्रिय स्तरका कलाकारबाट झाँकी श्रृंगारिक महाआरती गरिने जनाईएको छ ।
यज्ञ संचालन गर्न करिब ६० लाख रुपैयाँ लाग्ने र १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
महायज्ञको सुरुवात अघि आयोजना गरिएको कलश यात्रामा स्थानिय आमा समूह तथा जनसमुदायको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology