Logo

२०८३, श्रावण २७गते


images
images

बागलुङमा पर्यटन प्रवर्द्धन गर्न धुरीमार्ग निर्माण गर्दै

बागलुङमा पर्यटन प्रवर्द्धन गर्न धुरीमार्ग निर्माण गर्दै

images
  • बागलुङमा पर्यटन प्रवर्द्धन गर्न धुरीमार्ग निर्माण गर्दै
    images
    images

    ढोरपाटन । पर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण सुरु गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशमार्फत चालु आर्थिक वर्षमा विनियोजन भएको ५० लाखले धुरीमार्ग निर्माण सुरु गरिएको हो ।

    images
    images
    images

    धुरीमार्ग करिब डेढ सय किलोमिटर हुने छ । बागलुङ नगरपालिका–१३ भैरवस्थानदेखि सुरु भएको धुरीमार्ग भकुण्डे भ्यू टावर, रायडाँडाको शान्ति गुम्बा–गाजाको दह, घोडाबाँधे बेलढुङ्गा, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय हुँदै बागलुङ कालिका जोडिने छ । मन्त्रालयको बहुवर्षे योजनाअनुसार धुरीमार्गलाई अगाडि बढाइएको हो । यस वर्ष करिब एक किलोमिटर पदमार्ग निर्माण हुने छ । गत पुस ११ गतेदेखि निर्माण सुरु गरिएको धुरीमार्ग हालसम्म चार सय मिटर काम सकिएको धुरीमार्ग निर्माण समितिका अध्यक्ष दलबहादुर थापाले जानकारी दिए । धुरीमा पदमार्ग बनाइने हुँदा यसलाई धुरीमार्ग भनिएको उनको भनाइ छ ।

    images
    images
    images

    उनका अनुसार धुरीमार्ग स्लेट ढुङ्गा, रेलिङ, ढलानसहितको हुनेछ । स्लेट ढुङ्गा ताराखोला गाउँपालिका–१ माझखर्कबाट ढुवानी गरेर ल्याउँदा महङ्गो पर्ने हुँदा धेरै काम गर्न नसकिने थापाले बताए । आगामी जेठको १५ गतेसम्म सक्ने गरी सम्झौता भएको जनाउँदै अध्यक्ष थापाले समयमै सामान उपलब्ध भए वैशाख दोस्रो साता नै काम सक्ने बताए । स वर्षको बजेटले भैरवस्थानदेखि कुण्डेसम्म जोडिने उनको भनाइ छ । भौगोलिक कठिनाइ र चिसो मौसमका कारण अहिले कामलाई तीव्रता दिन केही समस्या भए पनि दैनिक आफूहरुले काम गरिरहेको अध्यक्ष थापाले बताए ।

    images
    images
    images

    उनले भने, “इन्जिनियरको ‘स्टिमेट’ अनुसारको काम गरि रहेका छौँ, समयमै काम सक्ने योजना छ, दिनदिनै काम भइरहेको, ढुङ्गाको गुणस्तरमा ध्यान दिनुपर्ने छ, भिरपहरा फोडेर मार्ग निर्माण भइरहेको छ, बजेट ठूलो देखिन्छ, तर स्टिमेटअनुसार काम गर्दा धेरै काम गर्न सकिने रहेनछ, पदमार्ग सामान्य किसिमको बन्दै छैन, गुणस्तरीय नै बन्छ ।”

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटकलाई हप्तौँसम्म बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न र पर्यटन प्रवद्र्धनका लागि धुरीमार्ग निर्माण गर्न थालिएको बताए । “धुरीमार्ग निर्माण सम्पन्नपछि बागलुङमा बाह्य पर्यटक बढ्ने छन्, ग्रामीण बस्तीसँग जोडिएको धुरीमार्गले गाउँको पर्यटनलाई प्रवद्र्धन गर्न महत्वपूर्ण टेवा पुग्ने छ, यो पदमार्गमा पर्यटकहरु हप्तौँ दिनसम्म यात्रा गर्न सक्ने छन्भने त्यस आसपासमा रहेका घरबास ‘होम–स्टे’, होटल र रेष्टुरेन्ट राम्रोसँग चल्नेछन्, स्थानीय उत्पादनले बजार पाउनेछन्”, मन्त्री थापाले बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।