देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ११ ले वडामा रहेका आधारभूत विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ । वडाले बिनियोजन गरेको २ लाख ५० हजार लागतले वडाभित्रका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गर्ने व्यवस्था मिलाईएको वडा अध्यक्ष दुधनाथ यादवले बताए ।
कार्यक्रम अन्तरगत सोमबार सकुन्धरादेवी आधारभूत विद्यालयका ६६ जना विद्यार्थीलाई झोला वितरण गरिएको वडा अध्यक्ष दुधनाथ यादवले जानकारी दिए ।
झोला वितरण कार्यक्रम जारी रहेको र मंगलबार शंकर आधारभूत विद्यालयका ३०७ जना विद्यार्थी र जनता आधारभूत विद्यालयका २८५ जना विद्यार्थीलाई वितरण गरिने वडा कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology