Logo

२०८३, श्रावण २७गते


images
images

खेलकुद

प्रथम देवदह राष्ट्रपति रनिङ सिल्ड : २५ विद्यालयका ९९८ विद्यार्थी सहभागी हुने

प्रथम देवदह राष्ट्रपति रनिङ सिल्ड : २५ विद्यालयका ९९८ विद्यार्थी सहभागी हुने

images
  • प्रथम देवदह राष्ट्रपति रनिङ सिल्ड : २५ विद्यालयका ९९८ विद्यार्थी सहभागी हुने
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा हुने प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदह–७ मा स्थित देवदह माध्यमिक विद्यालयमा शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी पुरा भएको  बताए । 

    images
    images
    images

    प्रतियोगितामा देवदह नगरपालिकाभित्र संचालित २५ विद्यालयका ९९८ जना विद्यार्थी सहभागी हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख टिकाराम शर्माले सामुदायिकतर्फ १५ र  संस्थागततर्फ १० गरी २५ विद्यालयका ९९८ जना विद्यर्थी प्रतिस्पर्धामा सहभागी हुने बताए । 

    images
    images
    images

    प्रतियोगितामा छात्र/छात्रा भलिबल, कबड्डी तथा एथलेटिक्स गरी ३२ खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । 

    images
    images
    images

    प्रतियोगिताको व्यवस्थापन तथा निर्देशन समितिका संयोजक समेत रहेका नगर प्रमुख खरेलले नगरमा पहिलो पटक राष्ट्रपतिकप रनिङ सिल्ड प्रतियोगिता गर्न लागिएकाले सबैको सहयोग र समन्वय आवश्यक रहेको बताए । 

    तीन दिनसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न १३ लाख ५० हजारको खर्च लाग्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।