Logo

२०८३, श्रावण २७गते


images
images

देवदहबाट प्रकाशित 'देवदह साप्ताहिक' नबौं बर्षमा प्रवेश 

देवदहबाट प्रकाशित 'देवदह साप्ताहिक' नबौं बर्षमा प्रवेश 

images
  • देवदहबाट प्रकाशित 'देवदह साप्ताहिक' नबौं बर्षमा प्रवेश 
    images
    images

    देवदह । रुपन्देहीको देवदहबाट प्रकाशित देवदह साप्ताहिक पत्रीकाले स्थापनाको आठ बर्ष पूरा गरेको छ । 

    images
    images
    images

    स्थापना दिवश कार्यक्रममा बोल्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले संञ्चार क्षेत्रलाई आम नागरीकले पहिलो अंगका रुपमा लिएको बताए । राज्यले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका पछि पत्रकारीतालाई राखेको भए पनि जनताले न्यायपालिका, कार्यापालिका र व्यवस्थापिकाले गरेका कार्यक्रहरु संञ्चारमाध्यमबाटै जानकारी पाउने भएका कारण पहिलो अंगका रुपमा लिने गरेको बताए । 

    images
    images
    images

    त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले संञ्चारमाध्यमलाई हेर्ने राज्यको नजर फरक रहेको बताए । संञ्चारमाध्यमहरुले मापदण्ड अनुरुप कर तिरेको उल्लेख गर्दै अध्यक्ष पोख्रेलले संञ्चारमाध्यम प्रति राज्य विगत देखि नै अनुदार देखिएको बताए ।  

    images
    images
    images

    देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज वेलवासेले पत्रकारहरुसंग सहकार्य गरेर अघि वढ्न तयार रहेको बताए । लामो निजामती सेवामा धेरै पत्रकारहरुसंग सहकार्य गरेको अनुभव रहेको उल्लेख गर्दै देवदहमा क्रियाशिल पत्रकारहरुसंग सहकार्य गरेर अघि वढ्न ईच्छुक भएको बताए । 

    कार्यक्रममा देवदह आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, देवदह–६ का वडा अध्यक्ष दामोदर क्षेत्री, देवदह टेलिभिजनका अध्यक्ष गोविन्द बहादुर ठडराइ, रेडियो देवदहका अध्यक्ष प्रजापती सापकोटा, जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष दल बहादुर बिरकट्टा, एमाले देवदह अध्यक्ष प्रकाश अर्याल, राप्रपा देवदह अध्यक्ष माधव रीमाल, शिक्षक महासंघ देवदह अध्यक्ष शेष नारायण रेग्मी लगायतले बोलेका थिए । 

    कार्यक्रम पत्रिकाका प्रकाशक त्रिलोचन दाहालको अध्यक्षता र सम्पादक राम बहादुर गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।