Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा खिचडी महोत्सव

देवदहमा खिचडी महोत्सव

images
  • देवदहमा खिचडी महोत्सव
    images
    images

    देवदह । देवदहमा खिचडी (माघी) महोत्सव–२०८० सम्पन्न गरेको छ । शनिवार २६४७ औं थारू नयाँ वर्षको अवसरमा थारु कल्याणकारिणी सभा देवदहले खिचडी (माघी) महोत्सव आयोजना गरेको हो । 

    images
    images
    images

    महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य निर्मला चौधरीले भाषा, संस्कार, संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान स्थापित हुने बताइन् ।  नेपालमा संघीय गणतन्त्र आएपनि आदिवासी जनजातिहरुले अधिकार प्राप्त गर्न नसकेको जिकिर गर्दै उनले  अधिकार प्राप्तीको लागि एकजुट हुनुको विकल्प नभएको दावी गरिन् । 

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह नगरपालिका–४, का वडाअध्यक्ष दमननाथ रेग्मी, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ, थारु कल्याणकारिणी सभा तिलोत्तमाका अध्यक्ष आशा चौधरी, जनप्रतिनिधि मनबहादुर चौधरी लगायतले भनाई राखेका थिए । 

    images
    images
    images

    थारु समुदायमा प्रचलित थारु संस्कृति झुमडा नाच समेत प्रस्तुत गरिएको महोत्सवमा सांस्कृतिक खानाहरु समेत प्रर्दशन गरिएको थियो ।

    नगर समितिका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षता रहेको कार्यक्रममा थारु कल्याणकारिणी सभा देवदहका महिला उपाध्यक्ष निर्मला थारुको स्वागत तथा सचिव देवराज चौधरी र अस्मिता चौधरीको संचालनमा रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।