Logo

२०८३, आश्विन ९गते


images
images

सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर

सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर

images
  • सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर
    images
    images

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार/पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष/माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो।

    images
    images
    images

    तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैन्थ्ये । पछिल्लो तीन वर्षयता भने रत्नेचौरको फाँटमा तोरी फुल्ने याममा पर्यटक आउन थालेका छन्।

    images
    images
    images

    रत्नेचौरको भानु माविका पूर्व प्रधानअध्यापक रहेका स्थानीयवासी टीकाबहादुर महत रत्नेचौर ‘भाइरल’ बन्नुको कारण सडक कालोपत्र हुनु, सामाजिक सञ्जाल र आम सञ्चार माध्यम भएको बताउँछन्।

    images
    images
    images

    “रत्नेचौरमा यसअघि पनि तोरी खेती हुन्थ्यो र फुल्थ्यो तर यसरी पर्यटक आउँदैनथे,” उनले भने “रत्नेचौरको फाँटको बिचमा रहेको सडक विसं २०७७ मा कालोपत्र भयो । पहिला प्रवद्र्धन गर्ने प्रविधि थिएन् । सबैको हातमा प्रविधिको पहुँच पुगेकाले रत्नेचौर जस्ता ओझेलमा परेका सुुन्दर ठाउँ चिनिएका छन्।”

    समथर फाँट र बस्ती रहेको रत्नेचौरको पृष्ठभूमिमा धौलागिरि हिमाललाई अवलोकन गर्न सकिन्छ । कालोपत्र सडकको दायाँ र बायाँका फाँटमा पहेँलपुर फुुलेको तोरीबारीको पृष्ठभूमिमा हिमाल हेर्न पाउनुु रत्नेचौरको विशेषता हो। सामाजिक सञ्जालमा देखेको दृष्य र तस्बिरबाट लोभिएर रत्नेचौर घुम्न आएको पोखराकी जेनिसा पुनले बताइन्।

    “तोरीबारीमा फोटो खिच्ने र भिडियो बनाउनकै लागि पोखराबाट साथी मिलेर आएका हौँ,” उनले भनिन् “एकै ठाउँबाट तोरीबारी र हिमाल हेर्न सकिने यहाँको विशेषता रहेछ ।”

    बेनी र बागलुङ बजारदेखि १५–१५ मिनेटको सवारी यात्रापछि पुगिने रत्नेचौर घुुम्न बालबालिका, युुवा युवतीदेखि पाका उमेरका पनि आउँछन् । दैनिक दुुई सयदेखि पाँच सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका रत्नेचौरका कुुशल शर्माले बताए।

    “बिदाको दिन तोरीबारी हेर्न आउनेको घुुइँचोनै लाग्छ,” उनले भने “अन्य समयमा पनि पर्यटक निरन्तर आइरहेका छन् ।”

    म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीको सौन्दर्यमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै व्यापार व्यवसायको अवसर सिर्जना भएको छ।

    रत्नेचौरको फेदी भुुवानेमा दुुई वटा होटल र रेष्टुुरेन्ट खुुलेका छन् । रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेका लागि नयाँ आकर्षण थपिएको छ।

    परम्परागत रुपमा हुँदै आएको तोरीखेती पर्यटकको आकर्षण बनेपछि यसलाई व्यावसायिक र पर्यटन आकर्षणको रूपमा विकास गर्न योजना बनाइएकोे बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुुर थापाले बताए।

    “रत्नेचौरलाई कृषि पर्यटनको गन्तव्य बनाउने योजना अघि सारेका छौँ,” उनले भने “श्रीलक्ष्मीहरि मन्दिर, लामो झोलुङ्गे पुल, बुढोपोखरी रहेको रत्नेचौरको सम्भावना उजागर गर्न तोरी महोत्सव गर्ने योजना छ।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्याग्दीको रत्नेचौर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।