Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

त्रिशूलीमा गाडी खसेको आशंका, गोताखोर परिचालन 

त्रिशूलीमा गाडी खसेको आशंका, गोताखोर परिचालन 

images
  • त्रिशूलीमा गाडी खसेको आशंका, गोताखोर परिचालन 
    images
    images

    चितवन । त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ । मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ।

    images
    images
    images

    ‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका हौं,’ मुग्लिन प्रहरीका वरिष्ठ सई राजेन्द्र अर्यालले भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन। गोताखोर परिचालन गरेर खोजी कार्य जारी छ।’

    images
    images
    images

    प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छ। त्यसैको आधारमा दुर्घटना भएको यकिन गर्न नमिल्ने प्रहरीले बताएको छ।

    images
    images
    images

    ‘अलि अघिसम्म बत्ती बलिरहेको थियो, अहिले बलेको छैन, गोताखोर परिचालन गरिएका छ,  यकिन हुन्छ,’ अर्यालले भने।

    स्थानीयले बिहान ४ बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको पनि उनले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।