Logo

२०८३, आश्विन १०गते


images
images

देवदह वडाअध्यक्ष कप : शिवपुर फुटवल क्लव र एशियन लाईट स्कुल विजयी

देवदह वडाअध्यक्ष कप : शिवपुर फुटवल क्लव र एशियन लाईट स्कुल विजयी

images
  • देवदह वडाअध्यक्ष कप : शिवपुर फुटवल क्लव र एशियन लाईट स्कुल विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदह–५, कोलिय शान्ति पार्कमा संचालित वडाअध्यक्ष कप नक आउट सेभेन साईड खुल्ला फुटवल प्रतियोगिता अन्र्तगत भएको खेलमा शिवपुर फुटवल क्लव र एशियन लाईट स्कुल विजयी भएको छ ।

    images
    images
    images

    प्रतियोगिता अन्र्तगतको पहिलो सेमिफाईनलमा जेनिथ युथ क्लव सुनवललाई हराउदै शिवपुर फुटवल क्लव फाईनलमा प्रवेश गरेको हो । खेलमा जेनिथ युथ क्लव सुनवललाई सून्यका विरुद्ध १ गोल गर्दै शिवपुर फुटवल क्लव तिलोत्तमा फाईनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा शिवपुर फुटवल क्लवका जर्सी नम्वर १५ का जमिर मियाले एक गोल गर्दै टिमलाई विजयी बनाएको हो ।

    images
    images
    images

    यसैगरी दोश्रो सेमिफाईनलमा एशियनलाईट स्कुल फाईनलमा प्रवेश गरेको छ । एशियनलाईट स्कुलले कोलुवा फुटवल क्लवलाई ट्राईवेरमा हराउदै फाईनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पधात्मक रहेको खेलमा कोलुवा फुटवलका जर्सी नम्वर ८ का जितेश गुरुङ्गले एक गोल गर्दै टिमलाई अग्रता दिलाएपनि दोश्रो हाफमा एशियनलाईट स्कुलका जर्सी नम्वर ३ का खेलाडी सुजन रानाले एक गोल गर्दै खेल बरावरीमा फर्काएका थिए ।

    images
    images
    images

    निर्धारित समममा दुवै टिमले थप गोल गर्न नसकेपछि खेल ट्राईवेकरमा पुगेको थियो । ट्राईवेकरमा २ का विरुद्ध ३ गोल गर्दै एशियनलाईट स्कुल फाईनलमा पुगेको आयोजकले जनाएको छ । फाईनल खेलमा पौष २७ गते शिवपुर फुटवल क्लव तिलोत्तमा र एशियनलाईट स्कुल देवदह वीच हुने आयोजकले जनाएको छ । प्रितियोगितामा विजेता टिमले नगद ५१ हजार, ट्रर्फी र उपविजेता टिमले ३१ हजार नगद, ट्रफी प्राप्त गर्ने कोलुवा फुटवल क्लवका अध्यक्ष कुलवीर घर्तीले जानकारी दिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह वडाअध्यक्ष कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।