Logo

२०८३, आश्विन १०गते


images
images

देवदह वडाअध्यक्ष कप : देवदह आदर्श क्याम्पस र सुनवल व्रदर्श फुटबल क्लब विजयी

देवदह वडाअध्यक्ष कप : देवदह आदर्श क्याम्पस र सुनवल व्रदर्श फुटबल क्लब विजयी

images
  • देवदह वडाअध्यक्ष कप : देवदह आदर्श क्याम्पस र सुनवल व्रदर्श फुटबल क्लब विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदह-५ मा संचालित प्रथम वडाअध्यक्ष नक आउट सेभेन साईड खुल्ला फुटवल प्रतियोगिता अन्तरगत देवदह आदर्श बहुमुखी क्याम्पस र सुनवल व्रदर्श फुटवल क्लब विजयी भएका छन् । 

    images
    images
    images

    पुष १० देखि २७ गतेसम्म संचालन हुने प्रतियोगिताको बिहिबार भएको पहिलो खेलमा देवदह आर्दश बहुमुखी क्याम्पसले सिद्धार्थ फुटवल क्लवलाई सुन्यका विरुद्ध १ गोल गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । निकै पतिस्पधात्मक रहेको खेलमा देवदह आर्दश बहुमुखी क्याम्पसका जर्सी नम्वर ३, का खेलाडी नन्दु गुरुङ्गले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा गुरुङ्गले गरेको गोल नै निर्णायक हुन पुग्यो । खेलमा सिद्धार्थ फुटवल क्लवले गोल गर्न धेरै मौका पाएपनि गोल गर्न नसकेपछि खेलबाट बाहिरीएको छ । 

    images
    images
    images

    यसैगरी दोश्रो खेलमा सुनवल ब्रदर्श फुटवल क्लव विजयी भएको छ । सुनवल ब्रदर्श फुटवल क्लवले तिलोत्तमा ११ लाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको हो । खेल निकै प्रतिस्धात्मक रहेपनि दुवै टिमले कुनै पनि गोल गर्न नसकेपछि ट्राईवेकरको आधारमा सुनवल ब्रदर्श फुटवल क्लव विजयी भएको हो । खेलमा दुवै टिमले गोल गर्ने अवसर पाएपनि गोलमा परिणत गर्न नसक्दा ट्राईवेकरको आधारमा सुनवल ब्रदर्श फुटवल क्लव विजयी भएको छ । ट्राईवेकरमा सुनवल ब्रदर्श फुटवल क्लवले २ गोल गर्न सफल भयो भने तिलोत्तमा –११, ले एक गोल मात्र गर्न सकेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह वडाअध्यक्ष कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।