नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ३ शिरपुरबाट काठ तस्करी गरिरहेको अवस्थामा एकजना व्यक्ति प्रकाउ परेका छन । गए राति ३:३० बजेको अवस्थामा वडा नं ३ को कार्यलय नजिकैको पुलबाट एक जना व्यक्ति प्रकाउ परेको खैरेनी प्रहरी चौकीका इन्चार्ज डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
५ जना व्यक्तिले साइकलको माध्यमबाट अवस्थामा काठ तस्करी गरिरहेको अवस्थामा प्रहरीले छापा मार्दा ५ जना व्यक्ति मध्य ४ जना व्यक्ति भागेको र १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । देवदह-३ टटेरामा बस्ने ४० वर्षीय एक व्यक्ति पक्राउसंगै प्रहरीले ५ वटा साइकल , ५ वटा काठको गुलिया, र एक थान आरा बरामत गरेको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार काठ प्रगति सामुदायिक वनको रहेको जनाईएको छ । प्रगति सामुदायिक वनले बिगतका दिनहरुमा पनि वन जङ्गलबाट काठ चोरि भएको र चोरिबाट बचाउन ठाउठाउमा सुरक्षा गार्ड राखिएपनि तस्करले सुरक्षा गार्डलाई छलेर तस्करी गरेको वनका अध्यक्ष दुर्गा रानाले बताए ।
तस्करी भएको काठ १९.५७ क्युफुट रहेको र वनको मुल्य अनुसार सो काठ १९ हजार बराबरको रहेको देवदह सब डिभिजन वन कार्यालयका रेञ्जर मधुमाया रानाले जानकारी दिएकी छन् ।
थप ४ जनाको खोजी कार्यमा अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology