Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह-११ मा वृक्षारोपण

देवदह-११ मा वृक्षारोपण

images
  • देवदह-११ मा वृक्षारोपण
    images

    धुर्ब लामिछाने, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ शान्तिटोलस्थित क्रान्तिपथ-१ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 'तपाईंको रहर हाम्रो रहर,‌ स्वच्छ र हरियाली गाउँ शहर' भन्ने मूल नाराका साथ शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको वृक्षारोपण अभियान नेपालका सचिव बलबहादुर श्रेष्ठले जानकारी दिए । 

    images
    images
    images

    वृक्षारोपण अभियान नेपालले स्वामी, बर, पिपल, कपूर सहित ११३ वटा बिरुवा वृक्ष रोपण गरेको छ । यसअघि अभियानले ५५० सय बिरुवा हुर्काइसकेको जनाएको छ ।  अभियान  चरणबद्ध रुपमा विभिन्न विद्यालय तथा सार्वजनिक स्थलहरूमा वृक्षारोपण गर्दै आइरहेको  र  शनिबार  गरिएको वृक्षरोपण छैठौं  भएको सचिव श्रेष्ठले सेतोमसीलाई बताए । 

    images
    images
    images

    वृक्षारोपण.jpeg
     
    वृक्षारोपण कार्यक्रममा बोल्दै देवदह वडा नं ११ का अध्यक्ष दुधनाथ यादवले वृक्षरोपणका फाइदाबारे चर्चा गरे । उनले वृक्षारोपणकै कारण पनि टोल समाज नमुना बन्न सक्ने उल्लेख गर्दै वडाले गर्न सक्ने सहयोगको लागि आफू तयार रहेको बताए । 
     
    कार्यक्रममा वडा नं ११ जनप्रतिनिधिहरू राजकुमार केवट, कौशिला हरिजन, सहदौनीया वनका अध्यक्ष पल्टन प्रसाद थारु, निरन रामदाम लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वृक्षारोपण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।