Logo

२०८३, आश्विन ९गते


images
images

धावन मार्गमा गुडिरहेको विमानमा आगलागी

धावन मार्गमा गुडिरहेको विमानमा आगलागी

images
  • धावन मार्गमा गुडिरहेको विमानमा आगलागी
    images
    images

    एजेन्सी । जापानको हनेदा विमान्स्थलमा मंगलबार एउटा विमानमा आगलागी भएको छ । धावन मार्गमा गुडिरहेको अवस्थामा विमानमा आगो लागेको हो ।

    images
    images
    images

    समाचार एजेन्सीहरुका अनुसार होक्काइदो सहरबाट ३०० भन्दा बढी यात्री लिएर आएको जापान एयरलाइन्सको जेट विमान अवतरण लगत्तै धावन मार्गमा गुडिरहेको समयमा आगोको मुस्लो देखिएको हो । उक्त विमान त्यहाँ रहेको अर्को विमानमा ठोक्किएपछि आगो लागेको बताइए पनि औपचारिक रुपमा थप विवरण सार्वजनिक गरिएको छैन ।

    images
    images
    images

    विमानमा सवार यात्रीको अवस्थाबारे पनि खुलाइएको छैन । यद्यपि ‘एनएचके’ टेलिभिजनले आगलागीपछि उद्धारकर्मीको टोलीले आगो निभाउन प्रयास गरिरहेको दृश्य प्रसारण गरेको छ । विमानको झ्यालबाट आगो र धुवाँको मुस्लो बाहिर निस्किएको पनि उक्त फुटेजमा देखिन्छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमानमा आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।