Logo

२०८३, आश्विन ९गते


images
images

स्याङ्जाको गल्याङमा जन्मदर्ता गरे ५ हजार

स्याङ्जाको गल्याङमा जन्मदर्ता गरे ५ हजार

images
  • स्याङ्जाको गल्याङमा जन्मदर्ता गरे ५ हजार
    images
    images

    प्रकाश डोटेल,  स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ६ पिडीखोलास्थित कुभिण्डेकी सन्ध्या विक छोरीको जन्मदर्ता गरेपछि निकै खुसी छिन् । छोरीको जन्मदर्तापछि बुझाएको कागजातको आधारमा नगरपालिकाले छोरीको नाममा बैंक खाता खोलेर ५ हजार रुपैयाँ जम्मा गरी दिएपछि उनी निकै खुसी भएकी हुन् ।

    images
    images
    images

    उनी यसरी खुसी हुनुको कारण ५ हजार रुपैयाँ नगद मात्रै थिएन् । छोरी जन्मिएपछि समाजमा हेलाको भाबमा हेरिने विगतका दृष्टिकोणमा आउने परिवर्तन लिएर उनी निकै खुसी भएकी हुन् । छोरी जन्मदै हेलाहोचो गर्ने हाम्रो समाज, त्यसमाथि गरिबीले थलिएका दलित परिवारमा जन्मने छोरीको जीवन असाध्य पिडादायी हुने उनको भोगाई र बुझाई दुबै छ ।

    images
    images
    images

    ‘दलित परिवारमा होस वा अन्य परिवारमा जन्मेका छोरीको हकमा हालसम्म नगरपालिकाले केहि गरेको थिएन् ।’ रोजगारीको लागि ५ वर्ष साउदी बसेर फर्केका सन्ध्याका श्रीमान यामबहादुरले भने, ‘यो वर्षदेखि जन्मेका छोरीको जन्मदर्ता गरेपछि ५ हजार रुपैयाँ नगद बैंकमा जम्मा गर्दा ठूलो राहतको महशुस गरेका छौं ।’ पालिकाले अझ अति बिपन्न गरिबीको पहिचान गरेर पठनपाठनको व्यवस्था गर्नसके छोरीहरु थप सुरक्षित हुने उनको भनाई छ ।

    images
    images
    images

    नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ देखि सुरक्षित मातृत्वलाई बढ्वा दिन छोरी सुरक्षा अन्र्तगत ‘नगरकी छोरी’ कार्यक्रम मार्फत छोरी जन्मेको ३५ दिनमा जन्मदर्ता गराएपछि बालिकाकै नामको बैंक खातामा ५ हजार जम्मा गरिदिने अभियान शुरु गरेको छ ।

    छोरा जन्मदा खुसी र छोरी जन्मदा बेखुसी हुने समाजको परम्परालाई अन्त्य गर्न अभियान शुरु गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । ‘छोरी जन्मदा बेखुसी मात्रै होईन्, जन्मनै नदिने (भ्रुण हत्या) गर्ने रुढीबादी सोचलाई कम गर्दै लैजान यो अभियान गरेका छौं ।” प्रमुख भट्टराईले भने, “कार्यक्रमलाई प्रभाबकारी बनाउँदै बजेटको व्यवस्थापन गर्न सके बढि रकम दिने योजनामा छौं ।’

    चालु आर्थिक वर्षदेखि शुरु भएको ‘नगरकी छोरी’ कार्यक्रमका लागि ५ लाख रुयैयाँ बजेट विनियोजन गरिएको पालिकाले जनाएको छ । अनुमानित बजेटको तुलनामा छोरी जन्मिने संख्यामा बृद्धि भएमा कार्यपालिकाको बैठकबाट थप बजेटको वयवस्थापन गर्ने गरी कार्यक्रम तय भएको हो । गल्याङ् नगरपालिकामा अघिल्लो वर्ष मात्रै १ सय २६ छोरीको जन्म भएको थियो ।

    पालिकामा चालु वर्षको हालसम्म ८१ जना छोरीको जन्म भएपनि जन्मदर्ता गरेर ५ हजार रुपैयाँ पाउनेमा ११ जना छोरीको बैंक खाता खोलिएको छ । बाँकी छोरीहरुको जन्मदर्ता र खाता खोल्ने क्रममै छ । छोरीहरुले ५ हजार रुपैयाँ पाउने भएपछि ३५ दिनभित्र जन्मदर्तासँगै अन्य घटनादर्ता गराउने अभियानलाई समेत टेवा पुग्ने पालिकाले विश्वास गरेको छ ।

    मातृत्व सुरक्षणमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले उप–प्रमुखको नेतृत्वमा सुत्केरी आमा भेटघाट कार्यक्रम संचालन गरेको छ । कार्यक्रम अन्र्तगत सुत्केरी आमा भेटघाटसँगै स्वास्थ्यकर्मीको सहयोगमा उनीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा, पोषिलो खानपान र शिशु स्याहारका उपायहरुका बारेमा जानकारी दिने गरिएको उप–प्रमुख हेमा न्यौपाने बताईन ।

    स्थानीय सरकार बनेको झण्डै ७ वर्षपछि आफैले छोरी जन्माउँदा बल्ल सिहदरबारको अधिकार, घर–घरमा भन्ने अनुभूति गरेको गल्याङ् १ मालुङ्गाकी माया अधिकारीले बताईन् । पालिकाले छोरीलाई ५ हजार दिनु र सुत्केरी भेटघाट कार्यक्रमले महिलाहरु स्वास्थ्यप्रति सजग बन्दै गएको अधिकारीले सुनाईन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गल्याङ नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।