Logo

२०८३, आश्विन १०गते


images
images

२३ औं आहा ! रारा पोखरा गोल्ड कप माघ ९ देखि हुने, तयारीमा तीव्रता

२३ औं आहा ! रारा पोखरा गोल्ड कप माघ ९ देखि हुने, तयारीमा तीव्रता

images
  • २३ औं आहा ! रारा पोखरा गोल्ड कप माघ ९ देखि हुने, तयारीमा तीव्रता
    images
    images

    पोखरा । आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २३औं संस्करण आगामी माघ ९ गतेदेखि हुने भएको छ । आयोजक सहारा क्लब पोखराले बिहीबार दिएको जानकारी अनुसार प्रतियोगिता माघ २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

    images
    images
    images

    ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्धेश्यले हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिताले पोखरामा बेग्लै खालको खेलको रौनकता थप्ने गर्दछ ।

    images
    images
    images

    मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगिताको खेल सञ्चालन गर्ने समय तालिका अखिल नेपाल फुटबल संघबाट हालै आयोजकलाई प्राप्त भएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी बन्नेछ । आयोजक टीमको लागि खेलाडी छनोट र प्रशिक्षण कार्यक्रम सुरु भैसकेको छ ।

    “आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

    साथै पोखरा महानगरपालिकाको प्रवर्द्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रलिया समेतको विशेष सहयोग रहने छ । लुम्बिनी विकास बैंक अफिसियल बैंक छ भने बुद्ध एयर अफिसियल एयरलायन्स हो ।

    प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

    विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा–१७, दोविल्लामा प्रदान गरिदैआईरहेको छ । । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।

    पर्यटकीय शहर पोखरालाई स्पोर्ट्स हब सिटीको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउनुको साथै पोखरालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनु समेत प्रतियोगिताको उदेश्य रहेको छ । प्रतियोगिताले नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तर्निहित खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान समेत गर्दै आइरहेको छ ।

    सहारा क्लबका अध्यक्ष एवं प्रतियोगिता मुल आयोजक समितिका संयोजक समेत रहेका केशवराज बरालले प्रतियोगिताको तयारीमा तीव्रता दिइएको बताए । सबैको साथ सपोर्टका कारण प्रतियोगिता भव्य रुपमा सम्पन्न हुने अध्यक्ष बरालको विश्वास छ ।

    अघिल्लो संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको विजेता संकटा क्लब काठमाण्डौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिका बन्न सफल भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।