Logo

२०८३, श्रावण २७गते


images
images

देवदहका सबै गुम्बा र बौद्धस्थलमा प्रत्येक पुर्णिमाको दिन प्रवचन हुँदै

देवदहका सबै गुम्बा र बौद्धस्थलमा प्रत्येक पुर्णिमाको दिन प्रवचन हुँदै

images
  • देवदहका सबै गुम्बा र बौद्धस्थलमा प्रत्येक पुर्णिमाको दिन प्रवचन हुँदै
    images
    images

    देवदह । देवदह नगरपालिकाभित्र रहेका सबै गुम्बा र बुद्धसंग सम्बन्धित स्थलहरूमा बौद्ध भिक्षुद्वारा प्रवचन हुने भएको छ । मंगलबार धान्यपुर्णिमाको अवसर पारेर सुरू गरिएको कार्यक्रम अन्तर्गत देवदह-८ बंगालीमा रहेको देवदह उदय बुद्ध गुम्बामा प्रवचन गरियो । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गुम्बामा झण्डा गाडेर उक्त कार्यको सुरुवात गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले बुद्ध धर्म र दर्शनको महत्व दिनानुदिन बढ्दै गएको बताए । अरूलाई अन्याय नगर्ने, सबैको सेवा गर्ने हिँसा नगर्ने र विश्वलाई शान्तिको बाटोमा हिड्न प्रेरित गर्ने बुद्ध दर्शनलाई व्यवहारमै लागु पर्नेमा जोड दिंदै उनले अहिंसा र शान्तिको सन्देश प्रवाहमा बुद्ध मावली क्षेत्र देवदहको महत्वपुर्ण भूमिका हुने बताए । 

    images
    images
    images

    "यो माटोमा टेक्न पाउनु नै ठूलो कुरा हो" उनले भने, देवदह जस्तो पवित्रभूमिमा सबैले एकपटक भ्रमण गर्ने र यहाँका गुम्बा तथा बुद्धसंग सम्बन्धित स्थलमा बसेर बुद्ध दर्शनको प्रवचन सुन्न पाउनु भाग्यको कुरा हो ।" 

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजुले बुद्धलाई जन्मदिने मायादेवीको जन्मस्थल देवदहमा बौद्ध विश्वविद्यालयले डिन  कार्यालय सहित स्नातक र स्नातोकोत्तर तहका कक्षाहरू संचालन गरेको र बौद्ध दर्शन पढ्ने भुमि समेत देवदह बनिरहेको बताए । 

    लुम्बिनी बौद्ध विश्वविद्यालय, पृथ्वी-उमा ज्ञान केन्द्र र प्रगतिटोल आमा समूहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बौद्ध भिक्षु सहित स्थानियको उपस्थिति रहेको थियो । 

    देवदहका हरेक गुम्बा र बुद्धसंग सम्बन्धित स्थलमा हरेक महिनाको पुर्णिमाको दिन  क्रमैसंग प्रवचन गरिने आयोजकले जनाएको छ ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।