राहुल देव सापकोटा, देवदह । देवदहमा क्रियाशिल क्लबहरुको संयुक्त पहलमा शारिरीक रुपमा अशक्त रुपा खत्रीको घर निर्माण निर्माण गरिने भएको छ । लायन्स क्लब अफ देवदह, लियो क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह प्रोफेशनल युथ, लियो क्लब अफ लर्ड बुद्ध, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह र सामाजिक सेवा समूह फाउण्डेशनको संयुक्त पहलमा उक्त घर निर्माण गर्न लागिएको हो ।
घर निर्माणका लागि आवश्यक पर्ने विभिन्न निर्माण सामग्री र नगद हस्तान्तरण कार्यक्रममा बोल्दै देवदह नगरपालिकाकि उप-प्रमुख विद्यालक्ष्मी गुरुङ्गले सामाजिक कार्यभन्दा ठूलो धर्म अरु नहुने बताईन् ।
त्यसैगरी, कार्यक्रममा बोल्दै लायन्स क्लब ३२५ बी टु नेपालका डिप्युटी चिस तथा लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष बिष्णु प्रसाद पौडेलले विभिन्न सामाजिक कार्यमा अग्रणी कार्य गर्दै आइरहेको लायन्स क्लब र अन्य क्लबहरुले आफु भन्दा कम भाग्यशालीहरुको लागि महत्वपूर्ण सेवाका कामहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यहरु निरन्तर गर्दै बताए ।
कार्यक्रममा लायन्स क्लव अफ देवदहले घरको छाना लगाउन पुग्ने गरि ७ फुटको १३ पिस र १२ फुटको १० पिसजस्तापाता सहयोग गरेको थियो भने लायन्स क्लव अफ देवदह प्रोफेशनल युथ, लियो क्लव अफ देवदह, लियो क्लव अफ लर्ड बुद्ध, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह, सामाजिक सेवा समूह फाउन्डेशन नेपाल देवदह प्यानलको संयुक्त पहलमा घरको लागि आवश्यक स्क्वाएर पाइप वितरण गरिएको थियो ।
लायन्स क्लब अफ देवदहका अध्यक्ष बिनोद थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवदह ७ का वडाध्यक्ष पदम थापा, देवदह ९ का वडाध्यक्ष केशव भट्टराई, वडा नं. ४ का वडाध्यक्ष दिपक चापागाई, लायन्स क्लबका डिपार्टमेन्ट मेम्बर ऋषिराम सापकोटा, जोन चियर पर्सन गुमानसिंह केसी , लियो क्लब अफ देवदहका श्रद्धा केसी, सामाजिक सेवा फाउण्डेशनका रबिबल्लभ रेग्मी, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका अर्जुन गुरुङ लगायत अन्य क्लबका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम लायन्स क्लब अफ देवदहका सचिव सिर्जना ओली सापकोटाको सञ्चालन र तृतीय उपाध्यक्ष तथा राहत बितरण कार्यक्रमका संयोजक कृष्णराज पौडेलको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology