नविन लुइँटेल, देवदह । देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले भ्याटमा दर्ता भएका व्यापारीले मात्र ढुङ्गा, गिट्टी र मिस्कट बेच्न पाउने नियम बनाउँने बताएका छन् । मंगलबार रुपन्देहीको देवदहस्थित शिवालय सामुदायिक वन उपभोक्ता समुहको २१ औं साधारण सभामा बोल्दै नगर प्रमुख खरेलले नदिजन्य पदार्थको अबैध उत्खनन र विक्री रोक्न नगरपालिका लागि परेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख खरेलले नदिजन्य पदार्थको अबैध ओसारपसरले सामुदायिक वन र सिंगो नगरपालिकाले ठूलो मात्रामा राजश्व गुमाएको बताए
। उनले भने, "नगरपालिका गम्भीर छ, हामी सामुदायिक वन र यो नगरको सम्पत्तिलाई त्यतिकै खेर जान दिन्नौं ।"
फरक प्रसंगमा बोल्दै उनले वनबाट हुने आम्दानीको १०प्रतिशत रकम नगरपालिका बुझाउन अनुरोध गरे । नियमानुसार सामुदायिक वनले आम्दानीको १० प्रतिशत नगरपालिकालाई बुझाउन र नगरपालिकाबाट विकासको लागि आवश्यक योजना लिन उनले सामुदायिक वनलाई आग्रह गरे । वनको मुख्य समस्या डढेलो नियन्त्रण र चोरी तस्करी रोक्न नगरपालिकाले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
त्यसैगरी प्रमुख खरेलले अबको केहि दिनमा विद्युतीय गाडिको लागि चार्ज स्टेसन गराउने गरि नगरपालिका अघि बढेको बताए । वैकल्पिक उर्जाको रुपमा प्रयोग हुने ७ हजार ५ सय चुलो सबैको घरमा बाढ्ने गरि अघि बढेको उल्लेख गर्दै उनले चुलो किन्न जम्मा २१ प्रतिशत व्यक्तिको तर्फबाट र रकम अरु नगरपालिका र वैकल्पिक उर्जाले बेहोर्ने बताए।
साधारणसभाले अध्यक्ष रामचन्द्र पाध्यले पेश गरेको अध्यक्षको प्रतिवेदन , कोषाध्यक्ष अमृत बहादुर फुलेलले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजन यमलाल शर्माले लेखा प्रतिवेदन पेश पारित गरेको छ ।
कार्यक्रममा वनसंग सम्बन्धित सचेतना मुलक नृत्य र झाकि प्रर्दशन गरिएको थियो ।
कार्यक्रम सचिव जमुना रेग्मीको सहजीकरण सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology