देवदह । नेकपा (माओवादी केन्द्र) रुपन्देहीले जिल्लामा रहेका सहिद तथा बेपत्ता परिवारलाई भेटघाट गरिरहेको छ । जसअन्तर्गत देवदह नगरपालिकाभित्र रहेका सहिद परिवारलाई पनि पार्टी जिल्ला नेतृत्वले विहिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सहित तथा बेपत्ता परिवारलाई भेटघाट गर्ने कार्यक्रम अन्तर्गत देवदहमा रहेका १२ सहिद परिवारलाई भेटघाट गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य मोतिलाल ढकालले बताए । सहिद तथा बेपत्ता परिवार पार्टीसंग स्थानीय पार्टीले सधैं नै भेटघाट गर्दै आएको भए पनि जिल्ला अहिले नेतृत्वले नै सहिद परिवारका सदस्यहरुसंग समसामयिक विषय र सहिद परिवारहरुको बर्तमान अवस्थाबारे छलफल गरिएको उनले बताए ।
उक्त भेटघाटमा पार्टी जिल्ला सचिव निर्मल जीसी, जिल्ला नेताहरू गोविन्द पंगेनी, मोतिलाल ढकाल, देवदह नगर अध्यक्ष केदारनाथ काफ्ले लगायत पार्टी नेताहरू उपस्थित रहेको पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology