Logo

२०८३, श्रावण २७गते


images
images

विवेक ओझाको ऐँठनबारे देवदहमा चर्चा हुने 

विवेक ओझाको ऐँठनबारे देवदहमा चर्चा हुने 

images
  • विवेक ओझाको ऐँठनबारे देवदहमा चर्चा हुने 
    images
    images

    देवदह । मदन पुरस्कार प्राप्त उपन्यास ऐँठनबारे देवदहमा चर्चा हुने भएको छ । युगीन साहित्य समाज देवदहले बिहिबार पुस्तकका लेखक विवेक ओझाको उपस्थितिमै ऐँठनबारे परिचर्चा कार्यक्रम आयोजना गरेको हो । 

    images
    images
    images

    पुस्तक परिचर्चा कार्यक्रममा सहभागी हुन लेखक ओझा देवदह आउने र ऐँठनबारे खैरेनीस्थित पाठक फूडल्याण्डमा अन्तरक्रिया हुने युगीन साहित्य समाजका अध्यक्ष सुशील सापकोटाले जानकारी दिए । कार्यक्रममा प्रगतिशील लेखक तथा सर्जकहरू रामचन्द्र श्रेष्ठ, सरिता श्रीस र यज्ञ न्यौपानेले उपन्यास ऐँठनबारे टिप्पणी गर्ने आयोजकले जनाएको छ । 

    images
    images
    images

    ऐँठनमा दशबर्षे जनयुद्धको कथा उल्लेख गरिएको छ । एकजना युद्धबन्दीको मानसिक अवस्थाबारे लेखिएको उपन्यास ऐँठन २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएको कृति हो । 

    images
    images
    images

    लेखक ओझाद्वारा लिखित ऐँठन उनको तेस्रो कृति हो ।  यसअघि उनका ऐलानी (उपन्यास) र एक पाइला आकाशमा (गजलसङ्ग्रह) प्रकाशित छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।