Logo

२०८३, श्रावण २७गते


images
images

देवदहको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान हुने

देवदहको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान हुने

images
  • देवदहको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान हुने
    images
    images

    देवदह । देवदहको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान हुने भएको छ।  बिगत तीन दिनदेखि डम्पिङ साइडमा आगलागी भएको र त्यसको असर स्थानीय जनताको स्वास्थ्मा परेको तथा डम्पिङ साइडमा जाने सडकको समस्या समेत समाधान नभएको भन्दै स्थानीयले फोहोर फाल्न अवरुद्ध गरेका थिए ।  सोमबार स्थानिय र नगरपालिकाबीचको बार्ताले सबै समस्या समाधान गरेको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए । 

    images
    images
    images

    नगरपालिकाको तर्फबाट नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, प्राबिधिक प्रमुख इन्जिनियर राजकुमार यादव, बिपद शाखा प्रमुख रबि पाण्डे  र स्थानियको तर्फबाट बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना सहित सचीव राधिका अर्याल, स्थानिय हरि प्रसाड पौडेल सहितको टोलीले सामुहिक रुपमा स्थलगत अवलोकन गरि फोहोर ब्यवस्थापनलाई नियमित गर्न सहमत भएको नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    डम्पिङ्ग साइडमा जाने सडक निर्माणको काम सुरु भैसकेको, डम्पिङ साइड ब्यवस्थापनको लागि नगरपालिकाले बजेट विनियोजन गरे अनुसार  डम्पिङ क्षेत्रमा कामदार राख्ने, ट्रष्ट निर्माण गर्ने, तत्काल नगरपालिकाले कामदार राखेर फोहोर वर्गीकरण गर्ने, डम्पिङ साइडमा कुहिने र नकुहिने स्थल छुटाउने काम तत्काल सुचारु गर्ने गर्ने सहमति भएको नगर प्रवक्ता डुम्रेले बताए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।