Logo

२०८३, श्रावण २७गते


images
images

देशका नदीनाला र उद्योग बेच्नेसंगको सहकार्यले समाजवाद आउँदैन : माओवादी नेता बराल

देशका नदीनाला र उद्योग बेच्नेसंगको सहकार्यले समाजवाद आउँदैन : माओवादी नेता बराल

images
  • देशका नदीनाला र उद्योग बेच्नेसंगको सहकार्यले समाजवाद आउँदैन : माओवादी नेता बराल
    images
    images

    देवदह । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले देशका नदीनाला र उद्योग बेच्नेसंगको सहकार्यले समाजवाद नआउने बताएका छन् । नेपाली कांग्रेसतर्फ संकेत गर्दै नेता बरालले पुराना दलसंगको सहकार्यले समाजवाद नआउनेमा जोड दिए । 

    images
    images
    images

    "हाम्रो पार्टी सरकारमा छ, अनि सहकार्य यो देशका नदीनाला र उद्योग कलकारखाना बेच्ने दलहरूसंग छ" शनिबार देवदहमा आयोजित पार्टी स्कुलिङ्ग कार्यक्रममा प्रशिक्षण दिंदै नेता बरालले भने, "नेपाली कांग्रेसजस्ता दलहरूको फेरो समातेर समाजवादमा पुगिन्न, समाजवादमा पुग्ने हो भने समाजवादीसंग समाजवाद कै बाटोमा हिड्नुपर्छ ।"

    images
    images
    images

    सेतोमसीलाई प्राप्त भिडियो क्लिपमा अध्यक्ष बरालले नेपाली कांग्रेस लगायतका सत्ता साझेदार राजनीतिक दललाई राष्ट्रघातीको आरोप लगाएका छन् । नेता बरालले माओवादीकै सत्ता साझेदार दललाई राष्ट्रघाती भनिरहँदा हलमा कार्यकर्ताले ताली बजाएर समर्थन गरेको भिडियोमा देख्न सकिन्छ  । 

    images
    images
    images

    देशैभरी विशेष रूपान्तरण अभियान संचालन गरिरहेको र लुम्बिनी प्रदेशका सबै पालिकामा स्कुलिङ्ग कार्यक्रम संचालन गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरूले पछिल्ला दिनमा वामपन्थी एकतामा जोड दिन थालेका छन् । रूपान्तरण अभियानमा घरघरमा पुग्दा पार्टी कार्यकर्ताहरूले वामपन्थी दलहरू मुलत: माओवादी शक्तिबीच एकतामा जोड दिएको हुनाले पनि नेताहरूले काङ्ग्रेससंगको सहकार्यबारे असन्तुष्टि जनाउन थालेको माओवादी स्रोतले जनाएको छ । 

    लुम्बिनी प्रदेशका पुर्व सामाजिक मन्त्री समेत रहेका नेता बरालले नेपाली कांग्रेससंगको गठबन्धनले परिवर्त संस्थागत नहुने र सरकारले क्रान्तिकारी काम गर्न नसक्ने भन्दै बेला बेलामा सत्ता गठबन्धनबारे प्रश्न उठाउँदै आएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।