काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुख्र्यौली घरमा पुगेका छन् । एकडारा गाउँपालिका २ मा रहेको बालेनको पुख्र्यौली घरमा माओवादीले कार्यक्रम आयोजना गरेको थियो ।
माओवादीको जागरण कार्यक्रममा बोल्दै उनले बालेको घरमा पुग्दा रमाइलो महशुस भएको बताएका छन् । जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज महोत्तरी पुगेका प्रचण्डले सबै मिलेर देश बनाउनुपर्ने बताए ।
उनले भने, ‘बालेन साहको पुख्र्यौली, उहाँको बा लगायत काकाहरुको घरमा हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ बालेनजीले पनि सुनिरहनु भएको होला । तपाईंहरुले यो परिचय पनि दिनुभयो । त्यसैले हामी सबै मिलेर यो देश बनाउनुछ ।’
उनले जनताको बलिदानबाट आएको पहिचान र अधिकारको मुद्दा तथा समावेशी र समानुपातिक प्रणालीलाई उल्ट्याउने प्रयास भइरहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology