Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

चार प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु-कुहिरो

चार प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु-कुहिरो

images
  • चार प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु-कुहिरो
    images

    काठमाडौं । पश्चिमी वायुको प्रभावले नेपालमा चिसो बढेको छ । अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका थोरै स्थानमा हुस्स/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    आज दिउँसो आंशिक बदली भई कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    images
    images
    images

    राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने महाशाखाको पूर्वानुमान छ।

    images
    images

    भोलि (सोमबार) पहाडी भू-भागमा आंशिक बदली भई कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।

    राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।

    उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकाले देशभरको तापक्रममा केही गिरावट आउने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।