Logo

२०८३, कार्तिक २७गते


images
images

उपप्रधानमन्त्री श्रेष्ठको ‘एन्जियोप्लास्टी सर्जरी’ : केही दिन अस्पतालमै रहने  

उपप्रधानमन्त्री श्रेष्ठको ‘एन्जियोप्लास्टी सर्जरी’ : केही दिन अस्पतालमै रहने  

images
  • उपप्रधानमन्त्री श्रेष्ठको ‘एन्जियोप्लास्टी सर्जरी’ : केही दिन अस्पतालमै रहने  
    images

    काठमाडौँ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा श्रेष्ठको ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ।

    images
    images
    images

    असोजको अन्तिम साता उनी चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो।

    images
    images
    images

    उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको बताइएको छ। मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना भएको प्रेस सहयोगी कमल गिरीले जानकारी दिए ।

    images
    images

    डा. अरुण मास्के सहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’गरीसकेको र हाल उनी सघन उपचार कक्षमा उपचाररत रहेको उनको भनाइ छ । स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पताललाई उदृत गर्दै उनले जानकारी दिए। चिकित्सकका अनुसार उनलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।