Logo

२०८३, आश्विन १०गते


images
images

४१ औं आइजिपी कपमा गण्डकी प्रदेश प्रहरी ‘च्याम्पियन’

४१ औं आइजिपी कपमा गण्डकी प्रदेश प्रहरी ‘च्याम्पियन’

images
  • ४१ औं आइजिपी कपमा गण्डकी प्रदेश प्रहरी ‘च्याम्पियन’
    images
    images

    काठमाडौं । काठमाडौंमा सम्पन्न ४१ आइजिपी रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी च्याम्पियन भएको छ । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सम्पन्न भएको फाइनल खेलमा प्रहरी प्रधान कार्यालयको टोलीलाई १-० को गोल अन्तरले पराजित गर्दै गण्डकी प्रहरी च्याम्पियन बनेको हो ।

    images
    images
    images

    गण्डकीलाई च्याम्पियन बनाउनका लागि प्रतियोगिताकै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक आशिष थारुले निर्णायक गोल गरे  ।थारुले प्रतियोगितामा ६ गोल गरेका थिए ।

    images
    images
    images

    यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डका रुपमा  क्रमश गण्डकीकै प्रहरी नायव निरीक्षक सन्तोष सुवेदी, प्रहरी जवान शिशिर चौधरी र प्रहरी सहायक निरीक्षक विवेक गुरुङ घोषित भए । 

    images
    images
    images

    च्याम्पियन बनेको गण्डकीले समुह चरणको पहिलो खेलमा लुम्बनी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई २-१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बागमति प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई ५-० र सेमिफाईनलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीलाई ४-२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

    यस अघि गण्डकी प्रदेश प्रहरी कार्यालयको फुटबल टोलीले २०६७ सालमा आइजिपी कपको उपाधि जितेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइजिपी कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।