राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ६ मा रहेको सरहन कालिका सामुदायिक वनको १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वडा नं ६ सरनबारीमा रहेको वनको आफ्नै कार्यालयको प्राङ्गणमामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउँ वन समन्वय संजाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारीले सामुदायिक वनहरुलाइ वैग्यनिक ढङ्गबाट लैजान आग्रह गरेका छन । उनले सरहनकालिक कृषि उत्पादनका हिसाबले निकै उर्वर भुमी भएकाले त्यो क्षेत्रको कृषि क्षेत्रको पनि स्तरोन्नति गर्न वनले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रममा सब डिभिजन वन कार्यालय देवदहका प्रमुख मुसाफिर भगत, शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पौडेल लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सरहनकालिका सामुदायिक वनका अध्यक्ष होम बहादुर वाकवालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए। त्यसै गरि संस्थाका कोषाध्यक्ष धन बहादुर रानाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम सरहनकालिका सामुदायिक वनका अध्यक्ष होम बहादुर वाकवाल अध्यक्षता र संस्थाका कोषाध्यक्ष धन बहादुर रानाको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology