देवदह । देवदह नगरपालिकामा पालिका सहकारी संजाल गठन भएको छ।
सोमबार देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ तथा जिल्ला सहकारी संघ रूपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचन लगायतको उपस्थितिमा ९ सदस्यीय सहकारी संजाल गठन भएको हो ।
नवगठित सहकारी संजालको अध्यक्षमा जागेश्वोर पंगेनी, उपाध्यक्षमा मायादेवी सापकोटा, सचिवमा गोविन्द ब. ठडराई, कोषाध्यक्षमा डिल्ली प्र. खनाल चयन भएका छन् भने सदस्यहरूमा शिव प्र. काफ्ले, प्रेमकला ढकाल, सुर्यकान्त रेग्मी, पार्बती न्यौपाने र ज्ञान कुमारी खडाल चुनिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology