Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली कांग्रेस जिल्ला सम्मेलन भोली, सभापति देउवाले सम्बोधन गर्ने

नेपाली कांग्रेस जिल्ला सम्मेलन भोली, सभापति देउवाले सम्बोधन गर्ने

images
  • नेपाली कांग्रेस जिल्ला सम्मेलन भोली, सभापति देउवाले सम्बोधन गर्ने
    images
    images

    भैरहवा । नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन मंगलरबार भैरहवाको पटवा बैंक्वेटमा हुदैछ । कार्यक्रमलाई कांग्रेस केन्द्रिय सभापति शेर बहादुर देउवा संगै अन्य केन्द्रिय नेताहरुले सम्बोधन गर्ने आयोजकले जानकारी दिएका छन् ।  

    images
    images
    images

    कार्यक्रमबारे जानकारी दिने उद्देश्यले सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सम्मेलनमा ३ हजार ४५ जना प्रतिनिधि एवम अन्य शुभचिन्तकहरुको सहभागीता रहने जनाए । सम्मेलनले अहिले कांग्रेसमा रहेको गुटको राजनितिलाई न्यूनिकरण गर्ने खाँणले बताए । “गुटलाई पूर्ण रुपमा हटाउन सकिदैन, यसलाई न्यूनिकरण गर्दै लैजाने हो ।” उनले भने “यस संगै सम्मेलनमा कांग्रेसलाई थप बलिया कसरी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्नेछौं ।”

    images
    images
    images

    लुम्बिनी प्रदेशको १२ वटै जिल्लाहरुको जिल्ला सम्मेलन पछि यहि मंसिर १६ र १७ गते बुटवलमा प्रदेश सम्मेलन गर्ने तयारी रहेको जिल्ला सभापति खाँणले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय अब्दुल रज्जाक र भरत कुमार शाहले नेपाली कांग्रेस स्पष्ट रुपमा संघियताको पक्षमा रहेको बताए ।  उनिहरुले सम्मेलनले संघियताको बिषयमा कांग्रेसलाई थप स्पष्ट पार्ने बताए ।  यस्तै कांग्रेस ठूलो पार्टी भएतापनि यसलाई अझै गतिशिल बनाउन, अझै क्रियाशिल बनाई कार्यकर्ताको मनोबललाई बढाउन सम्मेलन सहयोगी हुने केन्द्रिय सदस्यद्वयको भनाई थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।