राहुल सापकोटा, देवदह । रुपन्देहीको देवदहमा एक दिने बाल अपाङ्गता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर बालसंजाल, देवदहको आयोजना र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र एवं सक्षम परियोजना बुटवलको सहकार्यमा नगर स्तरिय बाल अपाङ्गता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
देवदह नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयबाट विद्यार्थीहरुको बाक्लो सहभागीता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापाले नगर बाल सन्जालका पदाधिकारीलाई सम्मान गरेका थिए ।
कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र सक्षम परियोजनाका जिल्ला सुपरबेक्षक लेखनाथ आचार्यले बालमैत्री र अपाङ्गताबारे प्रशिक्षण दिएका थिए भने सोइया महिला स्वावलम्बी संस्थानको रति पराजुलीले बाल अधिकारबारे प्रशिक्षण दिएकी थिइन् । त्यसैगरी देवदह प्रहरी चौकिका इन्स्पेक्टर दिपक महत क्षेत्रीले लागु पदार्थ दुर्ब्यसन र युवा दिपेश मल्लले नेतृत्वको बारेमा प्रशिक्षण दिएका थिए ।
देवदह नगरपालिकाको आर्थिक सहयोगमा संचालित उक्त कार्यक्रम नगर बाल संजाल देवदहका उपाध्यक्ष श्याम मौर्यको अध्यक्षता र सचिब राहुल सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology