देवदह । देवदह नगरपालिकाले कार्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितहरूका लागि नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट पाँच लाख रूपैयाँ प्रधानमन्त्री तथा दैवी प्रकोप उद्वारकोषमा जम्मा गर्ने भएको छ ।
नगर कार्यपालिकाको बिहिबार सम्पन्न बैठकले घटनाप्रति दु:ख व्यक्त तथा मृतकप्रति श्रद्धान्जली र घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत प्रदान गर्ने निर्णय गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
साथै नगरपालिकाले संवेदनशील घडीमा सहयोग पुर्याउन नगरपालिकाभित्र रहेका संघ, संस्था, नागरिक समाज संचारकर्मी लगायत इच्छुक सम्पूर्णलाई नगरपालिकाको विपत् व्यवस्थापन समिति मार्फत सहयोग गर्न आव्हान गर्ने निर्णय समेत गरेको नगरपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology