Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्रमा पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रुरुक्षेत्रमा पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

images
  • रुरुक्षेत्रमा पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    images
    images

    गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीमा पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति अध्यक्ष दोर्ण बहादुर खत्रीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो, प्रतियोगिता कार्तिक २२ देखि २४ गतेसम्म  गाउँपालिकाको खेल मैदान घ्युबेशीमा संचालन हुने गाउँपालिकाको शिक्षा शाखाले जानकारी गराएको छ। 

    images
    images
    images


    उद्घाटन शत्रमा बोल्दै  कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खत्रीले प्रतियोगिताको सफलताको कामना गर्दै विद्यार्थीहरुलाई अनुशासनमा रहेर खेल खेल्न र खेलकुदमा आफ्नो भविष्य सुनिश्चित गर्न आग्रह गरेका छन।
    त्यस्तै कार्यक्रमका बिशेष अतिथि एवं जिल्ला समन्वय समिती उपाध्यक्ष तेजेन्द्र सलामीले पनि कार्यक्रमको सफलताको कामना गर्दै मैत्रीपुर्ण तरिकाले प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरुलाई अनुरोध गरेका छन।

    images
    images
    images


    उद्घाटन समारोहका सभाध्यक्ष एवं रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले खेलकुदको माध्यमबाट विद्यार्थीहरु राष्ट्रिय एवं अन्तरास्ट्रिय स्तरमा समेत चिनिने भएकोले अनुशासित एवं मर्यादित तरिकाले प्रतियोगितामा भाग लिन आग्रह गरे । गाउँपालिकाले खेलको क्षेत्रमा लगानी बढाउँदै जाने र भौतिक संरचनाहरुको स्तर वृद्धि एवं निर्माणमा समेत थप कदम चालिने अध्यक्ष ज्ञवालीले बताए ।

    images
    images
    images


    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना गौतम, सामाजिक विकास समिती सदस्य शेषनारायण पौडेल लगायतले समेत शुभकामना मन्तव्य रखेका थिए।

    कार्यक्रममा शिक्षा शाखा प्रमुख झविलाल बिकले स्वागत मन्तव्य रखेका थिए। उनले कार्यक्रमलाई सफल पार्न शिक्षा शाखाको अनुरोधलाई स्वीकार गरि साथ सहयोग गर्नुहुने एवं कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद प्रकट गर्दै प्रतियोगिता निष्पक्ष तरिकाले संचालन गरिने स्पष्ट पारेका छन।

    उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्च पास समेत गरेका थिए भने रेन्बो बोर्डिङ, ज्ञवा मावी र जनबोध माविका विद्यार्थीहरुले उत्कृष्ट नृत्य समेत प्रस्तुत गरेका थिए।

    उद्घाटन समारोहका दिन सट पुट, लङ जम्प, समुहका छात्रा भलिबल र १५ सय मिटर दौड सम्पन्न भएका छन् । गएका बर्षहरुमा समावेश गरिएको कपर्दी भने यस् बर्ष जारी रनिङ शिल्ड प्रतियोगितामा समावेश गरिएको छैन भने ज्याब्लिङ थ्रोलाई यस् बर्ष समावेश गरिएको शिक्षा शाखाले जानकारी दिएको छ। 

    कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, विभिन्न विद्यालयका प्र.अ, शिक्षक, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो।

    उद्घाटन समारोहको संचालन जनबोध माविका प्रधानाध्यापक बामदेब ज्ञवालीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।