Logo

२०८३, आश्विन १०गते


images
images

टी-ट्वेन्टी आई : मल्ल र ऐरीको विश्व कीर्तिमानी साझेदारी

टी-ट्वेन्टी आई : मल्ल र ऐरीको विश्व कीर्तिमानी साझेदारी

images
  • टी-ट्वेन्टी आई : मल्ल र ऐरीको विश्व कीर्तिमानी साझेदारी
    images
    images

    काठमाडौं । टी-ट्वेन्टी आईमा नेपालका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी साझेदारी गरेका छन् । हङकङविरुद्ध शनिबार भएको खेलमा उनीहरुले पाँचौं विकेटका लागि गरेको १४५ रनको साझेदारी विश्व कीर्तिमानी बनेको हो ।

    images
    images
    images

    यसअघि न्युजिल्यान्डका मार्क च्याम्पम्यानले र जेम्स निसमले पाकिस्तानविरुद्ध १२१ रनको अविजित साझेदारी गरेका थिए । उनीहरुले यसै वर्षको अप्रिलमा साझेदारी गरेका थिए । जसमा च्याम्पम्यानले १०४ र निसमले ४५ रन बनाएका थिए ।

    images
    images
    images

    आज नेपाली खेलाडीले सोही रेकर्ड तोडेका हुन् । नेपालका लागि भने यसअघि पाँचौं विकेटका लागि ७० रनको साझेदारी भएको थियो । तर आज नेपालका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरेका हुन् ।

    images
    images
    images

    माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । अहिले हङकङले जवाफी ब्याटिङ गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।