एजेन्सी । इरानका विदेशमन्त्री होसेन अमिर अब्दोल्लाहियनले आगामी केही घण्टाभित्रै इरान समर्थक समूहले इजरायलविरुद्ध हमला गर्ने चेतावनी दिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
इजरायलविरुद्ध आसपासका क्षेत्रबाट पूर्वनिर्धारित कारबाही हुने उनको भनाइ छ । उनले गाजा क्षेत्रमा इजरायलले युद्ध अपराध गरेको भन्दै त्यसलाई इरानले नजरअन्दाज गर्न नसक्ने बताएको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।
प्रतिरोधी मोर्चासँग इजरायलविरुद्ध लामो युद्ध गर्ने क्षमता भएको पनि होसेनले उल्लेख गरेका छन् ।
इरानको चेतावनीसंगै इजरायलमा थप द्वन्द बढ्ने र द्वन्द लामो समयसम्म जान सक्ने देखिएको छ । इजरायलको आक्रमणमा परि गाँजाक्षेत्रमा बालबालिका सहित हजारौँ को संख्यामा मानविय क्षति भएको भन्दै इजरायल र प्यालेष्टाइन दुबै समुहलाई संयमता अपनाउन विश्वका धेरै देशले अनुरोध गर्दै आएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology