राहुल सापकोटा, देवदह । रुपन्देहीको देवबदहमा लियो क्लब अफ लर्ड बुद्धद्वारा अन्तर क्लब मेहेन्दी प्रतियोगिता सम्पन्न गरेको छ । साउनको महिना महिलाहरुका लागि विषेश महत्त्वको महिना भएकोले मेहेन्दी प्रतियोगिता राखिएको कल्बका अध्यक्ष शंकर पङ्गेनीले बताए ।
भर्खरै पद हस्तान्तरण सम्पन्न भएको लियो कल्ब अफ लर्ड बुद्धको यो पहिलो कार्यक्रम भएको र यस्ता रचनात्मक कार्यक्रमहरू गरिरहने क्लबले जनाएको छ ।
"हामी सानो छँदा त्युरीको पात पिसेर गाभाको पातले बाधेर मेहेन्दी लगाउँथ्यौं" आफ्नो वाल्यकालको अनुभव सुनाउदै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी देवदह नगरपालिकाकी उपप्रमुख बिद्या लक्ष्मी गुरुङ्गले भनिन् । यस्तो खालको कार्यक्रम आयोजना गरेकोमा उनले क्लबप्रति आभार समेत व्यक्त गरिन।
लायन्स कल्ब अफ बुटवल खस्यौलीका पुर्व अध्यक्ष एवं लायन्स क्लब इन्ट्र्नेसनलका जोन चेयर पर्सन राजु पौडेलले यस्ता कार्यक्रममा पुरुषको पनि उल्लेखनिय सहभागीताले पुरुषले महिला प्रति गर्ने
सम्मानको उदाहरण भएको बताए ।
कार्यक्रममा लायन्स कल्ब अफ बुटवल खस्यौलीका अध्यक्ष बिष्णु उपाध्यायल लगायतले बोलेका थिए ।
अस्मिता पाण्डे संयोजक रहेको उक्त प्रतियोगीतामा पुजा सापकोटा प्रथम भएकी थिइन् । निर्णायकको भुमिकामा पवित्रा गोतामे र दिपा थापा रहेका थिए भने कार्यक्रम क्लबका अध्यक्ष शंकर पङ्गेनीको अध्यक्षता तथा सचीव अभिषेक पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा लियो कल्ब अफ लर्ड बुद्धका संस्थापक अध्यक्ष दिपेस विक्रम मल्ल, पुर्व अध्यक्षहरु, विजेन्द्रमान शाक्य, गोपाल पाण्डे , कमल ज्ञवाली, सन्दिप तिवारी, समाजसेवी अन्जु श्रेष्ठ लगायत लियो कल्ब अफ लर्ड बुद्धका पदाधिकारीहरुको उपस्थिति रहेको थियो
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology