Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो कार्यक्रम सम्पन्न

पोखरामा मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो कार्यक्रम सम्पन्न

images
  • पोखरामा मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो कार्यक्रम सम्पन्न
    images
    images

    पोखरा । पोखरामा साना साना बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो सम्पन्न भएको छ । मन्टेश्वरी एसोसिएसन कास्कीको आयोजनामा भएको कार्यक्रममा ३२ मण्टेश्वरी स्कुलबाट ४ सय ४० विद्यार्थीले भाग लिएका थिए । विद्यार्थीहरुले राष्ट्रभक्ती, लोकसंस्कृति, प्रकृति, योगा थिमका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

    images
    images
    images

     
    पोखरा सभागृह हलमा सम्पन्न कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले भविष्यका कर्णधार साना साना बालबालिकालाई आफ्नो भाषा, भेषभुषा र संस्कृतिका बारेमा पनि जानकारी दिन यस्ता कार्यक्रम महत्वपुर्ण हुने बताए । उनले कितावी ज्ञानले मात्रै विद्यार्थीको शिक्षा पुर्ण नहुने बताउदै शिक्षण पद्दती र सिकाइले पनि बाल मानसिकतामा फरक पर्ने हुनाले सोही मुताविकको सिकाइ हुनपर्ने बताए ।

    images
    images
    images

    मन्टेश्वरी चाइल्ड केयर गर्ने संस्था मात्रै नभई शिक्षा दिने संस्था पनि भएको सन्देश प्रवाहका लागि ट्यालेन्ट शोको आयोजना गरिएको मण्टेशवरी एसोशिएसन कास्कीका अध्यक्ष शाल्भी बास्तोला मर्सानीले बताए ।  संस्थापक अध्यक्ष अरुणा शेरचनले साना बालबालिकाहरुमा पनि प्रतिभा हुन्छ भन्ने महसुस गराउन पनि कार्यक्रम आयोजना गरिएको बताए ।

    images
    images
    images


    कार्यक्रममा आयोजक संस्थाका संस्थापक अध्यक्ष अरुणा शेरचन, अध्यक्ष शाल्भी बास्तोला मर्सानी, उपाध्यक्ष सावित्री थापा मोक्तान, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिब जानकी पराजुली, कार्यक्रम संयोजक रिता पौडेल, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा लगायतले बालबालिकाहरुको आत्मविश्वास र अन्र्तनिहित प्रतिभा प्रस्फुटनका लागि यस्तो खालका कार्यक्रमको आवश्यकताका बारेमा बोलेका थिए । 

    ट्यालेन्ट शोमा सहभागी ३२ स्कुलका ४ सय ४० बालबालिकालाई मायाको चिनो द्धारा सम्मान गरिएको थियो । एउटा नृत्यमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राखेको उक्त कार्यक्रममा दशैंका नवदुर्गा, गणेश प्रार्थना, कौरा नृत्य, विभिन्न जातजातीका भेषभुषा सहितको नृत्य, सेभ द टाइगर थिमको नृत्य, योगासन आदि प्रर्दशन गरिएको थियो ।

     संस्थाका अध्यक्ष शाल्भी बास्तोला मर्सानीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जर्नादन सुवेदी, संयोजक रिता पौडेल र सञ्चारकर्मी सन्जय मल्लले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।