Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव लुम्बिनी आउने

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव लुम्बिनी आउने

images
  • प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव लुम्बिनी आउने
    images
    images

    लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् । महासचिव गुटर्रेस नेपाल भ्रमणको क्रममा लुम्बिनी भ्रमण गर्ने निश्चित भए सगै लुम्बिनी विकास कोषले भ्रमणको लागि सरोकारवालाहरु सग छलफल सुरु गरेको छ।

    images
    images
    images

    शुक्रबार दिउसो संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनीमा स्वागत एवं भ्रमण बारे जानकारी गराउदै संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले बारे सरोकारवालाहरु सगको संयुक्त  छलफल गरेका हुन् ।

    images
    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी सहितको उपस्तिथि रहेको छलफलमा सरोकारवालाहरु सग विशेष गरि महासचिव एन्टोनियो गुटर्रेसको लुम्बिनी भ्रमणमा स्वागत एवं लुम्बिनीको सम्बर्द्धन  र सहयोगको लागि अपिल गर्ने साथै विश्वभर बुद्धको पवित्र जन्मस्थल लुम्बिनी बारे प्रचार-प्रसार गर्ने छलफलको उद्देश्य रहेको लुम्बिनी विकास कोषका  सदस्य सचीव सानुराज शाक्यले बताएका हुन् ।

    images
    images
    images

    असोज २६ गतेदेखि तीन दिनको लागि महासचिव गुटर्रेस नेपालमा रहने बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।