Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली कांग्रेस गुल्मीद्वारा शोकसभा सम्पन्न

नेपाली कांग्रेस गुल्मीद्वारा शोकसभा सम्पन्न

images
  • नेपाली कांग्रेस गुल्मीद्वारा शोकसभा सम्पन्न
    images
    images

    अनिष पन्थी, गुल्मी । नेपाली कांग्रेस गुल्मीले पार्टीका क्षेत्रीय सभापति अशोक कुमार थापाको निधनमा श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष समेत रहेका थापाको बिहीबार उपचारको क्रममा ललितपुरको ब्लड अस्पतालमा निधन भएको थियो ।                  

    images
    images
    images

    शुक्रबार जिल्लास्थित पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा स्व. थापाको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिइएको हो ।  विगत चार महिनादेखि फोक्सोको रोगबाट पीडित थापाको ७४ वर्षको उमेरमा निधन भएको थियो । 

    images
    images
    images

    स्व. थापालाई नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, पुर्व सभापति सुरेशचन्द्र भुसाल, उपसभापति विष्णुप्रसाद बलाल, सचीवद्वय खिलध्वज पन्थी र विष्णुकुमारी सापकोटा लगायतका नेताहरूले पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । 

    images
    images
    images

    श्रद्धाञ्जली सभामा बोल्दै सभापति श्रेष्ठले थापाको निधनले पार्टी सहित सिङ्गो गुल्मी जिल्लालाई अतुलनिय क्षति पुगेको बताए । स्व. थापाले प्रजातान्त्रिक आन्दोलन तथा सामाजिक क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदानको चर्चा गर्दै सभापति श्रेष्ठले उहाँले देखाएको बाटोमा हिड्नुपर्ने कुरामा जोड दिए । त्यस्तै सचिव खिलध्वज पन्थीले पार्टीले एक असल र स्वच्छ छबि भएका व्यक्ति गुमाएकोे बताए । 

    श्रद्धाञ्जली सभामा नेकपा एमालेका नेता कृष्ण सुनार, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गुल्मीका पार्टी सचिव बिरबहादुर कार्की, जनता समाजवादी पार्टीका अध्यक्ष घनश्याम पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जीवन राना, गाउँपलिकाका अध्यक्ष तथा उपाध्यक्षहरु अन्य जनप्रतिनिधिहरु, पार्टीका भातृ तथा संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायत विभिन्न राजनैतिक दल र संघ संस्थाका प्रमुख–प्रतिनिधिहरुले स्वर्गिय थापा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

    स्वर्गीय थापाका श्रीमती र चार छोरा रहेका छन् । थापा नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।