Logo

२०८३, श्रावण २७गते


images
images

देवदहका मुसहर र गन्धर्व समूदायलाई कुखुराको चल्ला र खोर वितरण

देवदहका मुसहर र गन्धर्व समूदायलाई कुखुराको चल्ला र खोर वितरण

images
  • देवदहका मुसहर र गन्धर्व समूदायलाई कुखुराको चल्ला र खोर वितरण
    फोटो: राहुल देव सापकोटा / सेतोमसी
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाले  देवदहका अतिविपन्न मुसहर र गन्धर्व समूदायलाई कुखुराको चल्ला र खोर वितरण गरेको छ । 

    images
    images
    images

    कुल ६० घर किसान प्रत्येकलाइ एक खोर र २० चल्ला गरि १२०० चल्ला र साठी खोर वितरण गरिएको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका संयोजक तिलक न्यौपानेले बताए । सेतोमसीसंग कुरा गर्दै उनले उक्त खोर तथा चल्ला वितरणमा प्रतीव्यक्ति दस हजारका दरले लागत लागेको बताए । 

    images
    images
    images

    उक्त कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख तथा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम  देवदह सिफारिस समितिका संयोजक  हिरा बहादुर खत्री, उपप्रमुख विध्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे, वडाध्यक्ष दीपक चापागाईं लगायत जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।