Logo

२०८३, आश्विन ९गते


images
images

७ सय बढी भारतीय धार्मिक पर्यटकको जम्बो टोली पोखरामा

७ सय बढी भारतीय धार्मिक पर्यटकको जम्बो टोली पोखरामा

images
  • ७ सय बढी भारतीय धार्मिक पर्यटकको जम्बो टोली पोखरामा
    images
    images

    पोखरा ।नेपाल भ्रमणमा आएको भारतको धार्मिक पर्यटकको जम्बो टोलीले आज पोखराको तालवराही मन्दिरमा दर्शन गरेका छन् ।

    images
    images
    images

    भ्रमणमा आएका ७ सय ३० जनाको टोलीले फेवा ताल अहिलेसम्मकै बढि भिडभाड देखिन्थ्यो । उनीहरु डुङगामा चढेर तालवराही मन्दीर जान ठेलमठेल भिड लागेको थियो ।
    १३ दिनको नेपाल भ्रमणका क्रममा उनीहरु पोखरा आइपुगेका हुन् । ती पर्यटकले पोखरा विभिन्न पर्यटकिय स्थलको भ्रमण गदै लेकसाइड, फेवाताल र तालवाराही मन्दिरमा दर्शन गरेका हुन ।pokhara 2.webp

    images
    images
    images

    पर्यटकले भजन किर्तन गदै सडकमा हिडेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तीनाथको दर्शन गरे पछि लगातार पोखरा आउने भारतीय पर्यटकको संख्या बढेको व्यवसायीले बताएका छन् ।

    images
    images
    images

    होटल व्यवसायी अर्जुन खनालले इतिहासमै पहिलेपटक धार्मी पर्यटकको ठुलो संख्यामा आएको बताए । उनीहरु पोखरामा करिब ४ दिनको बसाइ रहेको छ ।आइतबार उक्त टोली ५४ जना हवाई मार्ग हुँदै र अन्य एक सय भन्दा बढि स्कोरपियो गाडीमा मुक्तिनाथ जाने बताइएको छ ।

    उनीहरु लुम्बिनी, जानकी मन्दिरको दर्शनी पछि असोज ९ गते काठमाडौं पुगेका थिए ।उनीहरुले भारतदेखि ५२ वटा सवारी साधनमा लिएर आएका हुन् ।pokhara 3.webp

    सिजनको सुरुवातमा तेस्रो मुलुकको पर्यटक छिटफुट आउँदा छिमेकबाट भारतीय पर्यटक एकैपटक ७ सय बढी आएपछि पर्यटन व्यवसायीलाई आशावादी बनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतीय धार्मिक पर्यटक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।