Logo

२०८३, आश्विन १०गते


images
images

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

images
  • माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
    images
    images

    काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    आज (सोमवार) त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हरायो । नेपालका लागि समिर तामाङले  २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गोल गरे ।

    images
    images
    images

    नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसंग १–० गोल अन्तरले पराजित भएको थियो ।

    images
    images
    images

    खेलको १६औं मिनेटमा प्रशान्तले गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो । यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।

    तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो । ८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३–१ ले जिताए ।

    खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो । छैटौं मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोष्टबाट बाहिरियो । त्यसको दुई मिनेट पछि नै धामीले दायाँबाट हानेको बल पोष्ट माथिबाट बाहिरियो ।

    नेपालले पहिलो गोल गरेपछि माल्दिभ्सले बल चलाए लगत्तै नेपालका राइट विंगर सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे ।

    अगाडि बढेका हसनलाई सुजनले कुमले धकेलेका थिए । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए । त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।