काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहेको तर जनता अर्कैले कब्जा गरिसकेको टिप्पणी गरेका छन् ।
सोमबार केन्द्रीय समितिको बैठकमा उनले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीबाट आक्रोश मात्रै होइन विकल्पसमेत खोज्न थालिसकेको बताएका हुन् ।
उनले भने, ‘हामी पार्टी कब्जाको दौडमा छौं । आ–आफ्नो ढङ्गले सभापतिजीले पनि गरिराख्नुभएको होला हामी पनि गरिराखेका छौं । तर, पार्टी हामी कब्जा गर्न खोजिरहेका छौं । जनता अर्कैले कब्जा गरिसकेका छन् । अहिलेको निराशा र असन्तुष्टिबाट अब जनता हामीबाट आक्रोशित मात्रै होइन विकल्प खोज्न थाल्या छन् भन्ने कुरा आत्मसाथ गरौं यो पक्ष विपक्षको कुरा होइन ।’
उनले सिंहदरबारमा आगो लगाउँछु भन्दा समेत लाखांैको समर्थन मिलिरहेको भन्दै समाज मनोविज्ञान अराजकतातर्फ धकेलिएको तर्क गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology