राजेश पराजुली, पोखरा । पोखरामा विभिन्न कार्यक्रम आयोजना गरेर ४४ औँ विश्व पर्यटन दिवस मनाउने तयारी गरिएको छ । पोखरा पर्यटन परिषदको अगुवाईमा आयोजना हुने कार्यक्रममा परिषदमा आवद्ध विभिन्न संस्थाले सहकार्य गर्नेछन् ।
पोखरा पर्यटन परिषदले आइतबार पत्रकार सम्मेलन मार्फत जनाएअनुसार दिवसको अवसरमा पोखरामा मिनि सडक महोत्सव आयोजना समेत हुने भएको छ । पोखराको पर्यटन क्षेत्रलाई थप चलयामान बनाउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । रेवान पोखराको आयोजनामा हुने महोत्सव असोज १० गते साँझ ५ बजेबाट बाराहीचोक देखी खहरे चोकसम्म सञ्चालन हुनेछ ।
सडकमै खाउ, सडकमै रमाउ भन्ने उद्धेश्यका साथ आयोजित कार्यक्रमले आन्तरीक तथा बाह्य पर्यटकलाई पोखरामा आउन आर्कषित गराउन महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरेको पोखरा पर्यटन परिषद्का सचिव हरि भुजेलले बताए ।मिनि सडक महोत्सव विगतको वर्षहरुमा भन्दा फरक शैलीमा गरिने उनले बताए । जहाँ नेपाल र भारतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रर्दशन हुनेछ ।
कार्यक्रममा स्थानीय बाजागाजा, झाँकी सहितको र्यालीले पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम समेत तय गरिएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । कार्यक्रमले पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन मद्दत गर्ने श्रेष्ठको विश्वास छ ।
दिवसको पुर्वसन्ध्यामा असोज ९ मंगलबार पदयात्रा कार्यक्रम आयोजना समेत गरिएको छ । टान गण्डकीको आयोजनामा हुने पदयात्रामा व्यवसायी, पर्यटक र सञ्चारकर्मीको सहभागीता रहनेछ । पोखरा २३ मार्गी देखि सुरु हुने पदयात्रा पोखरा २२ पुम्दीकोट पुगेर टुंगिने अध्यक्ष श्रेष्ठले जनाए ।
दिवसको मुख्य दिन असोज १० गते नाट्टा गण्डकीको आयोजनामा पोखरा पर्यटन बसपार्कमा वृक्षरोपण तथा रक्तदान कार्यक्रम गरिनेछ । सोही दिन पोखराका पर्यटकीय संघ संस्थाहरुले पोखरा अन्तराष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन बसपार्कमा पहिलो आउने पर्यटकलाई स्वागत सम्मान गर्नेछन्
दिवसको अवसरमा भारतबाट आउने टुर अपरेटर, मिडियाकर्मी र नेपाली मिडियाकर्मी तथा टुर अपरेटरवीच अन्तरक्रिया कार्यक्रम समेत तय गरिएको अध्यक्ष श्रेष्ठले बताए । ‘टुरिजम एण्ड ग्रिन इन्भेष्टमेन्ट’ नाराका साथ दिवस मनाउन लागिएको हो ।
आगामी दिनमा पोखराको बेगनास तालमा समेत पृथक शैलीको कार्यक्रम गर्ने योजना परिषदले बनाएको श्रेष्ठले पत्रकार सम्मेलनमा खुलाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology