Logo

२०८३, आश्विन १०गते


images
images

एक कार्यकालमा दुई अध्यक्ष बन्ने सहमतिपछि एनप्याब्सन रुपन्देहीको नेतृत्व सर्वसम्मत चयन

एक कार्यकालमा दुई अध्यक्ष बन्ने सहमतिपछि एनप्याब्सन रुपन्देहीको नेतृत्व सर्वसम्मत चयन

images
  • एक कार्यकालमा दुई अध्यक्ष बन्ने सहमतिपछि  एनप्याब्सन रुपन्देहीको नेतृत्व सर्वसम्मत चयन
    images
    images

    झविन्द्र देवकोटा, बुटवल । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष र सहअध्यक्षले नेतृत्व सम्हाल्ने गरि छठौं अधिवेशन सम्पन्न भएको छ । रुपन्देहीको भैरहवामा सम्पन्न छैठौं अधिवेशनले अध्यक्षमा बिलप्रसाद गुरुङ र सह अध्यक्षमा तिलब केसीलाई सर्वसम्वत निर्वाचित गरेको हो । 

    images
    images
    images

    तीन वर्षे कार्यकाल रहेको समितिको पहिलो एक वर्षपछि पुनः अर्काे अध्यक्ष चयन गर्ने गरि सहमति बनेको छ । अघिल्लो एक वर्षका लागि निर्वाचित गुरुङले एन प्याब्सनको नेतृत्व सम्हाल्ने छन भने आगामी वर्ष २०८१ असोज एक गतेदेखि सहअध्यक्षमा निर्वाचित केसी एन प्याब्सन रुपन्देहीको अध्यक्ष  बन्ने सहमतिमा एन प्याब्सन रुपन्देहीको छैठौं अधिवेशन सम्पन्न भएको हो । 

    images
    images
    images

    सम्पन्न अधिवेशनले अध्यक्षपछिका सबैपदहरुलाई तीनै वर्षका लागि निर्वाचित गरेको छ । सम्पन्न अधिवेशनबाट एन प्याब्सनको उपाध्यक्षमा बाबुराम बन्जाडे, उपाध्यक्षमा अमरनाथ पाठक, सचिवमा अमित यादव, कोषाध्यक्षमा विनोद थापा मगर, सहसचिवमा लक्ष्मण अर्याल, सहकोषाध्यक्षमा राजेन्द्र पराजुलीलाई निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा शंकरप्रसाद गौतम, सौगात भट्टराई, कमल पौडेल, करन राना, ओमप्रकाश यादव, एलबी रौतार, सुरेन्द्र बराई, रामऔतार यादव, रााम अचल गौड, अरविन्द हरिजन, सुन्दर यादव, कमलेश कुमार यादव निर्वाचित भएको एन प्याब्सनका केन्द्रीय सदस्य तथा निर्वाचन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा एन प्याब्सन नेपालका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय प्रतिनिधी बामदेव न्यौपाने, बालाकृष्ण तिवारी, देउप्रकाश राई, निर्वाचन समिति सदस्य होमनाथ ढुङगाना लगायतले संस्थागत विद्यालयहरुले शैक्षिक गतिविधिसँगै राज्यले दिने सेवा सुविधाका बारेमा पनि सचेत हुँदै खवरदारी गर्नु पर्ने आवश्यकता औल्याएका थिए । आइतबार केन्द्रीय अध्यक्ष पाण्डव हमालद्वारा उद्घाटन भएको अधिवेशन सोमबार नेतृत्वसंगै चयन गर्दै सकिएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनप्याब्सन रुपन्देही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।