Logo

२०८३, कार्तिक २७गते


images
images

उपाध्यक्ष डा. लामा र थाई फुङ थाई प्रमुखबीच भेटवार्ता : मायादेवी मन्दिरको 'रिडिजाइन' हुने

उपाध्यक्ष डा. लामा र थाई फुङ थाई प्रमुखबीच भेटवार्ता : मायादेवी मन्दिरको 'रिडिजाइन' हुने

images
  • उपाध्यक्ष डा. लामा र थाई फुङ थाई प्रमुखबीच भेटवार्ता : मायादेवी मन्दिरको 'रिडिजाइन' हुने
    images

    काठमाडौ ।  लुम्बिनीको मायादेवी मन्दिर पुननिर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको थाई फुङ थाईले पुनः डिजाइनको लागि युनेस्कोको पुरातत्व विभागको स्वीकृत डिजाइन अनुसार निर्माणमा सहयोग गर्न तयार  प्रतिवद्धता व्यक्त गरेको छ। 

    images
    images
    images

    लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा र उक्त संस्थाको प्रमुख खुनयिङ सुदारतसँग बैंककको भेट तथा छलफलमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।  फुङ थाईकाको प्रतिबद्धताबाट  लुम्बिनीको विकासमा थप टेवा मिल्ने भन्दै उक्त प्रतिबद्धताबाट आफूहरु उत्साहित भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

    images
    images
    images

     लुम्बिनीस्थित राजकीय थाई विहारको प्रमुख फ्रा चखुन बोधिविदेशको समेत उपस्थितिमा भएको छलफल कार्यक्रममा लुम्विनी मायादेवी मन्दिरमा देखिएको हालको समस्या मर्मत सम्भार गरेर मात्र समाधान नहुने भएकाले पुनः डिजाइन गर्न पर्ने जोड दिएका थिए। 

    images
    images

    मायादेवी मन्दिरको पुन डिजाइन तथा पुनर्निर्माणको लागि  आवश्यक  प्रकृया अगाडि बढाउन यस अघि लुम्विनी विकास कार्यसमितिको बैठकले  निर्णय गरेको थियो। 

    कोषको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवि मन्दिरमा आएका विविध् समस्याहरू समाधान गर्नका लागि नेपाल सरकारको सहयोग विना दाताहरूको सहयोगमा कोष स्थापना गर्ने गरी कार्यकारिणी वा परिषद् बैठकमा प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो 
     
    मन्दिरको जीर्णोद्वारका लागि सुरुवाती कोष स्थापनाका लागि नवनियुक्त उपाध्यक्ष लामाले ७ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।