Logo

२०८३, कार्तिक २६गते


images
images

फोटो पत्रकार उमेश पुन सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत

फोटो पत्रकार उमेश पुन सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत

images
  • फोटो पत्रकार उमेश पुन सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत
    images

    राजेश  पराजुली, पोखरा । पोखरा सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस वर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत भएका छन् ।

    images
    images
    images


    आहारारा गोल्डकप आयोजक सहारा क्लबले दिँदै आएको पुरस्कार यस वर्ष फोटो पत्रकार पुनले पाएका हुन् ।
    पुनलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य,सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लगायतले नगद २५ हजार पाँच सय ५५ रुपियाँ र सम्मानपत्रसहित पुरस्कृत गरे ।
    पुन डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल नागरिक राष्ट्रिय दैनिक, रिपब्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् ।

    images
    images
    images


    हाल उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव लगायतका संस्थामा आबद्ध छन् । कार्यक्रममा मेयर धनराज आचार्यले सहारा क्लब र यसले आयोजना गर्ने आहारारा गोल्ड कप पोखराको पहिचान बनेको उल्लेख गरे ।

    images
    images


    यो पुरस्कारबाट यसअघि नारायण शाही, दीपक परियार, ईन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने लगायतका पुरस्कृत भइसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फोटो पत्रकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।