Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति शिसँग हाङजाओमा शिष्टाचार भेट गर्ने

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति शिसँग हाङजाओमा शिष्टाचार भेट गर्ने

images
  • प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति शिसँग हाङजाओमा शिष्टाचार भेट गर्ने
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति शि जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएको छन ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८ औं महासभाको औपचारिक भ्रमणबारे शुक्रवार प्रतिनिधि सभालाई जानकारी गराउँदै सो कुरा बताएका हुन । प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री दाहालले छोटो समय रहेका कारण संयुक्त राष्ट्र संघको ७८ औं महासभाको कार्यक्रम सकेर त्यतैबाट भ्रमण चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताए । उनले आफ्नो चीन भ्रमण दुई मुलुकबीचको  विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हीत एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने बताए । 

    images
    images
    images


    यसअघि प्रधानमन्त्री दाहालले असोज ४ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई न्युयोर्कमा सम्बोधन गर्नेछन । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरु अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतिबारे विश्व समूदायको ध्यानाकर्षण गराउने बताए । उनले अल्प विकसित देशहरुको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्नुपरेका विशिष्ट चुनौतिबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको न्यायाकर्षण गराउने योजना रहेको बताए । 

    प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीको रुपमा चीनको यो तेस्रो भ्रमण हो । भ्रमण दल छोटो र छरितो रहेको पनि उनले दाबी गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।