Logo

२०८३, कार्तिक २७गते


images
images

राजदुत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र

राजदुत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र

images
  • राजदुत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र
    images

    पोर्ट मोरेस्वी । पपुवा न्युगिनीका लागि नेपाली राजदुत  कैलाशराज पोखरेलले ओहोदाको प्रमाणपत्र पेस  गरेका छन ।

    images
    images
    images

    बुधबार राजधानी पोर्ट मोरेस्बी स्थित गभर्नर जनरल हाउसमा नवनियुक्त राजदुत महामहिम कैलाश राज पोखरेलले पपुवा न्युगिनीको गभर्नर जनरल सर बोव बोफेङ दादे समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस  गरेका हुन ।

    images
    images
    images

    लामो समय सम्म अभिभावक बिहिन बनेका पपुवा न्युगिनीवासी नेपालीहरु पोखरेलको नियुक्ति संगै खुशी बनेका छन । पोखरेल अस्ट्रेलियाको लागि आवासिय साथै पपुवा न्युगिनी र न्युजिल्यान्डको लागि गैर आवासिय राजदुत हुन ।

    images
    images

    यसै बिच गैरआवासिय नेपाली संघ पपुवा न्युगिनीले नवनियुक्त राजदुत कैलाश राज पोखरेललाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाका अध्यक्ष पोषण पुनको सभापतित्व र उपाध्यक्ष हिमाल गौतमले स्वागत गरेको कार्यक्रममा प्रबेश अर्याल, किशोर सिन्हा, डा. किरन राई, सुनिल पोखरेल, सचिन रायमाझी, डा. सुदेश सुवेदी, प्रदिप प्रधान त्यसैगरी डिल्ली गुरागाँइ, रबि शर्मा, सुजन घिमिरे, लक्ष्मण चन्द ठकुरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्ब आइसिसी प्रतिनिधि सोम थापा, ममता गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन निबर्तमान अध्यक्ष मोहन बाबू पन्तले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।