देवदह । रुपन्देहीको देवदह नगरपालिकाद्वारा आयोजना गरिएको वडास्तरीय तीज गीत प्रतियोगितामा देवदह नगरपालिका वडा नं ५ प्रथम भएको छ ।
महिलासङ्ग उपप्रमुख कार्यक्रम अन्तर्गत कार्यक्रम मङ्गलबार देवदहको पाठक फुडल्यान्डमा प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जानकि न्यौपानेले महिलाहरुले ठुलो क्रान्ति गरेर स्वतन्त्रता प्राप्त गरेको र आज यो माहोल बनेको बताइन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजमा महिलाहरु आफ्नो चुलोचौको छाडेर खुलेर रमाइलो गर्ने पर्व भएकाले सबै उपस्थित महिलाहरुलाइ खुलस्त रुपमा रमाइलो गर्न आग्रह गरेकी थिइन ।
कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले तीज गीत महिला शसक्तिकरणको एउटा अभियान भएको उल्लेख गर्दै तीजको सांस्कृतिक र महत्वबारे चर्चा गरिन ।
प्रतियोगितामा देवदह नगरपालिका वडा नं ५ प्रथम, वडा नं ७ द्वितीय, वडा नं ४ तृतीय र वडा नं १ सान्त्वना भएको छ ।
कार्यक्रम देवदह नगरपालिकाका उपप्रमुख एवम उपप्रमुख सङ्ग महिला कार्यक्रमका संयोजक विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेको प्रमुख आतिथ्यता, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलको बिशिस्ट आतिथ्यता, देवदह नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख इन्दिरा भुसाल र कमला अर्यालको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology