Logo

२०८३, श्रावण २७गते


images
images

सहकारी ऐन नियम सम्बन्धि एकदिने अभिमुखीकरण तालिम 

सहकारी ऐन नियम सम्बन्धि एकदिने अभिमुखीकरण तालिम 

images
  • सहकारी ऐन नियम सम्बन्धि एकदिने अभिमुखीकरण तालिम 
    images
    images

    भैरहवा । भैरहवामा सहकारी ऐन नियम सम्बन्धि एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। बहूद्धेशीय सहकारी संघ रुपन्देहीको आयोजनामा जिल्लामा क्रियाशील बहूद्धेशीयका प्रतिनिधिहरूलाई तालिम दिईएको रमणी डुम्रे जानकारी दिए। 

    images
    images
    images

    पछिल्ला दिनहरूमा सहकारी सम्बन्धि विभिन्न भ्रामक र मिथ्या सूचना प्रवाह भैरहेको र त्यसलाई रोक्न सहकारीकर्मी नै सचेत र जिम्मेबार हुनुपर्नेमा जोड दिन तालिम आयोजना गरिएको जनाइएको छ। 

    images
    images
    images

    जिल्लाका बहूद्धेशीय सहकारीका ३५ जना प्रतिनिधिलाई सिद्धार्थनगर नगरपालिकाका सहकारी विभाग प्रमुख कमलकान्त खनालले सहकारी ऐन नियमबारे प्रशिक्षण दिएका थिए। 

    images
    images
    images

     बहूद्धेशीय सहकारी संघ रुपन्देहीका अध्यक्ष रमणी डुम्रेको अध्यक्षतामा सम्पन्न तालिममा प्रमुख अतिथिका रूपमा जिल्ला सहकारी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष  डोलप्रसाद अर्याल, विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बाबुराम  बन्जाडे तथा राष्ट्रिय सहकारी बैंक भैरहवा शाखा प्रमुख प्रकाश पन्थी लगायतको उपस्थिति रहेको थियो। 

    कार्यक्रममा संस्थाका उपाध्यक्ष मोतिलाल ढकालको स्वागत तथा संचालन सचिव यादव कोइरालाको रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।